नयाँ वर्षका उपलक्ष्यमा खुकुरी रमले गर्‍यो अनलाइन कन्सर्टको आयोजना

काठमाडौं । नयाँ वर्ष २०२१ को उपलक्ष्यमा खुकुरी रमले नेपाली संगीतको प्रवद्र्धन गर्ने र संगीत प्रेमीहरुमाझ लय तथा सुरहरु पेश गर्ने उदेश्यले वृहत्तर अनलाइन कन्सर्टको आयोजना गर्दैछ ।

कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवात प्रति समर्पित रहने बताइएको छ । कोरोनाको कारण सन् २०२० सबैका लागि अत्यन्त कष्टकर रह्यो । यदि संगीतले त्यसलाई पुर्न सक्छ भने यो सांगीतिक कन्सर्ट गत वर्षको संघर्षलाई निदान गर्ने उपाय रहेको दाबी गरिएको छ ।

कन्सर्टमा लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहने जनाइएको छ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्युब च्यानल र डिस होममा हेरेर भरपूर मज्जा लिन सक्नेछन् । कार्यक्रम साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुनेछ ।

साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शिर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिनेछ । शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड/सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।

संगीतसँग खुकुरी रमको सधैं सम्बन्ध रहँदै आएको जनाइएको छ । त्यस्तै आफ्नो उपलब्ध मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवद्र्धनको प्राथमिकता खुकुरी रमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?