संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।

आज (शुक्रवार) जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिएका छन्।

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?