नेकपा फुटेको होइन, नेताहरु अलग्गिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको मात्रै बताएका छन् ।

शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप समेत लगाए ।

उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् ।

‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौ । हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ?’

उनले प्रचण्ड माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए ।

‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिष्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्’ ओलीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?