सलमानदेखि प्रभाषसम्म : २०२१ मा यी १५ फिल्म रिलीज हुँदै

काठमाडौं । आजबाट २०२१ शुरु भएको छ । नयाँ वर्षको शुरुवातसँगै आम मानिसहरु खुशीयाली साट्न र यस वर्षमा रमाउन चाहिरहेका छन् । सिनेक्षेत्रका लागि २०२० नराम्रो साबित भयो ।

वर्ष २०२० मा कोरोनाको कारण लगभग पूरै वर्ष फिल्महलहरु बन्द रहे । रिलीजको डेट तोकिएका फिलम समेत रिलीज हुन सकेनन् । फिल्म शूटिङ हुने त कुरै भएन । तर वर्ष २०२१ मा ति सबै कुराहरुलाई भुल्दै नयाँ खुशीयाली बाँड्न सारा विश्वबासी चाहन्छन् ।

आज हामीले तपाईहरुलाई यस वर्ष अर्थात् अंग्रेजी वर्ष २०२१ मा रिलीज हुने प्रतिक्षित १५ फिल्मको बारेमा जानकारी दिनेछौँ ।

१५. हिरोपन्ती २

अहमद खानले निर्देशन गरेको फिल्म हिरोपन्ती २ यस वर्ष रिलीज हुनेछ । जसमा टाइगर श्रफको मुख्य अभिनय रहेको छ ।

१४. अनेक

आयुष्मान खुराना अभिनित चलचित्र अनेक पनि यसैवर्ष रिलीज हुने तयारीमा छ । फिल्मको निर्देशन भने अनुभव सिन्हाले गरेका छन् ।

१३. बागी ४

टाइगर श्रफको अर्को फिल्म बागी ४ पनि यसै वर्ष रिलीज हुने भनिएको छ । यो फिल्म पनि अहमद खानले नै निर्देशन गरेका छन् ।

१२.बधाई दो

बधाई दोमा अभिनेता राजकुमार राव रहेका छन् । फिल्मको निर्देशन भने हर्षवद्र्धन कुलकर्णीले गरेका छन् । फिल्ममा भूमी पेडनेकर रहेका छन् ।

११. अन्तिम

फिल्म अन्तिम पनि यसै वर्ष रिलीज हुने तयारीमा रहेको छ । सलमान खान अभिनित फिल्ममा आयुष शर्मा समेत रहेका छन् । फिल्मको निर्देशन महेश माञ्जेकरले गरेका छन् ।

१०. बच्चन पाण्डे

अक्षय कुमार र कृति सेनन अभिनित फिल्म बच्चन पाण्डे पनि यसैवर्ष रिलीजको तयारीमा छ । फिल्मको निर्देशन फरहाद सामजीले गरेका छन् ।

९. रश्मि रकेट

तापसी पन्नु अभिनित फिल्म रश्मि रकेट पनि यसै वर्ष रिलीज हुने तयारीमा छ । फिल्मको निर्देशन आकाश खुरानाले गरेका छन् ।

८. आरआरआर

फिल्म आरआरआरमा जुनियर एनटीआर, राम चरण र आलिया भाटको अभिनय रहेको छ । फिल्मको निर्देशन भने एसएस राजामौलीले गरेका छन् ।

७. वब विश्वास

अभिषेक बच्चन अभिनित फिल्म वव विश्वासमा त्रित्रांगदा सिंहको पनि अभिनय रहेको छ । साथै फिल्मको निर्देशन भने दीया अन्नपुर्णा घोषले गरेकी छन् ।

६.तूफान

फरहान अख्तर र मृणाल ठाकुर रहेको फिल्म तूफान पनि यसै वर्ष रिलीज हुने तयारीमा छ । यस फिल्मको निर्देशन भने राकेश ओमप्रकाश मेहराले गरेका छन् ।

५. राधेश्याम

प्रभाष अभिनित फिल्म राधेश्याम पनि यसैवर्ष रिलीज हुँदैछ । फिल्ममा प्रभाषको साथमा पूजा हेगडे रहेकी छन् भने फिल्मको निर्देशन राधा कृष्ण कुमारले गरेका छन् ।

४. लाल सिंह चड्ढा

फिल्म लाल सिंह चड्ढामा आमिर खान र करिना कपूरको अभिनय रहेको छ । त्यस्तै फिल्मको निर्देशन अद्वेत चन्दनले गरेका छन् ।

३. ८३

रणबीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ८३ पनि यसैवर्ष रिलीज हुँदैछ । फिल्मको निर्देशन कबीर खानले गरेका छन् ।

२. केजीएफ २

सञ्जय दत्त अभिनित फिल्म केजीएफ २ पनि रिलीजको तयारीमा रहेको छ ।सञ्जय दत्तसँग फिल्ममा श्रीनिधीको पनि अभिनय रहेको छ । फिल्मको निर्देशन प्रशान्त नीलले गरेका छन् ।

१. राधे

फिल्म राधे पनि यसैवर्ष रिलीज हुँदैछ । फिल्ममा सलमान खान र दिशा पटनी रहेका छन् । त्यस्तै फिल्मको निर्देशन भने प्रभुदेवाले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?