काठमाडौं । ललितपुरमा नौं वर्षीय बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।
झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका ३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीलेबताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया