इतिहासमा आज : क्यूबामा ती नेताले सत्ता सम्हाले, जसलाई मार्न अमेरिकाले ६०० पटक प्रयाश गर्यो

लोकपथ
0
Shares

काठमाडौं । १८९० को दशकमा स्पेन अमेरिकाको बीचमा भएको युद्धको बेला एक सैनिक क्यूबा पुगे ।

युद्धपछि फेरि फर्किंदा क्यूबाकै बनेर फर्किए । उनी खेती गर्दागर्दै जमीन्दार बने ।

विवाह गरेर ९ बच्चा जन्माए । ति मध्ये एकको नाम थियो फिदेल । उनै फिदेललले क्यूबाका तानाशाह बतिस्ताविरुद्ध २६ जुलाई १९५३ मा भाई राउलसमेत केहि टीमलाई लिएर उनको सत्ता हत्याउने प्रयाश थाले ।

उनै फिदेल पछि अमेरिकाको सबैभन्दा ठूलो दुश्मन बने । उनलाई मार्न अमेरिकाले ६० वर्षमा ६०० पटक प्रयाश गरेको थियो ।

आजकै दिन उनले १९५९ मा गोरिल्ला सैनिकसँग मिलेर तानाशाह बतिस्ताको सत्ता पल्टाए । त्यसपछि क्यूबामा नयाँ युगको शुरुवात भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?