अन्शिका शर्मा बनिन् मिस यूनिभर्स नेपाल २०२०

काठमाडौं । होण्डा नेपालवले प्रस्तुत गरेको मिस यूनिभर्स नेपाल २०२० को उपाधि अष्ट्रेलिया निवासी २४ वर्षीया अन्शिका शर्माले जितेकी छिन् ।

विजेताले १० लाखको नगद पुरस्कार र अपला ज्वेल्सको तर्फबाट १५ बराबरको क्राउन जित्नुका साथै मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन्, जुन २०२१ को अप्रिल वा मे महिनामा हुनेछ ।

अन्शिका शर्माले पहिलो स्थान हासिल गरिन् भने पहिलो, दोस्रो, तेस्रो र चौथो उप–विजेताको स्थान क्रमशः सुजिता बस्नेत, नीना कान्त मण्डल, दिक्ता थापा, न्यान्सी खड्काले हासिल गरेका छन् ।

त्यसै गरी नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् ।

उत्कृष्ट १८ सहभागीले स्वीमसुट लगाएर आफ्नो परिचय दिंदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भएका छन् । नीना कान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्यूटिपूmल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । स्वीमसुट राउण्ड पश्चात् फिनालेमा निर्णायकहरुले उत्कृष्ट १० मा ५ जना सहभागीहरु छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो ।

 

उत्कृष्ट ५ को लागि भोटिङ भइरहेको बेला उत्कृष्ट १० भने प्रश्न–उत्तर राउण्डमा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । अगाडिको राउण्डमा जस्तै गरी निर्णायकहरुले उत्कृष्ट ५ को लागि उत्कृष्ट ३ को छनोट गरे र बाँकी २ जनाले लाइभ सर्वाधिक भोटको आधारमा छनोट गरिएको थियो ।

सुन्दर ईभ्नीङ गाउनमा सु–सज्जित भएर उत्कृष्ट ५ ले अर्को प्रश्नहरु उत्तर दिए, जसको आधारमा यस प्रतिस्पर्धाको विजेता र उप–विजेताको छनोट गरियो, जुन पूर्णरुपले निर्णायकहरुले दिएको अंकको आधारमा छनोट गरिएको थियो ।

हप्तौंदेखिको भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात् मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो । सुवेक्षा खड्का र रबी राजकर्णिकारद्वारा होष्ट गरिएको उक्त समारोह ब्एज्ञ ज्म् र ःग्ल् को यूट्यूब पेजबाट लाइभ गरिएको थियो ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. द्वारा आयोजित ःग्ल् द्दण्द्दण्, पहिलो ःग्ल् द्वारा स्वतन्त्ररुपमा पूर्व मिस युनिभर्स नेपाल २०१७, नग्मा श्रेष्ठका साथ राष्ट्रिय निर्देशककोरुपमा आयोजित गरियो ।

पेजेन्ट्रीको दुनियामा नै ःग्ल् ले सुन्दरता र समावेशीतालाई पुनः परिभाषित गर्न सफल भयो किनकि यस प्रतियोगितामा सहभागी हुनको लागि तौल, उचाई, लैंगिकतामा कुनै किसिमको प्रतिबन्ध नलगाइएकोले १८–२८ वर्ष उमेरमा कुनै पनि नेपाली महिला सहभागी हुन सक्थे । समावेशीताकै कारण ःग्ल् ले पहिलो ट्रान्सजेन्डर प्रतियोगी, एञ्जल लामाको सहभागिता पाए, जो उत्कृष्ट १८ मा पुग्न पनि सफल भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?