काभानीलाई तीन खेलमा प्रतिबन्ध, १ मिलियन जरिवाना

काठमाडौं । ईडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिवाना गरिएको छ ।

सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै म्यान्चेष्टर युनाईटेडका फरवार्ड काभानीलाई ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।

३३ वर्षिया उरुग्वेका फरवार्डले अपमानजनक र अनुचित शब्द उपयोग गर्ने आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।

काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए ।

विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफी समेत मागेका थिए ।

काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउने भउका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?