जाजरकोट । अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी जलाइदिएको छ । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा अज्ञात समूहले जलाएको हो ।
आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएकको छ । सडक छेउमा पार्किङ गरी राखिएको गाडीमा राति १० बजेतिर एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
गाडीमा कस्ले र किन आगो लगायो भन्ने थाहा भइनसकेको र अनुसन्धान चलिरहेको प्रहरीले जलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया