प्रधानमन्त्रीलाई केन्द्रीय सदस्यको सुझाव, ‘संघियता खारेज गरौँ’

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रीय सदस्य निरु पालले संघियता खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली जानुपर्ने जनाएकी छन् । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेतृ पालले प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो सुझाब दिएकी हुन् ।

उनले संसदको सिट १०५ तथा केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय बनाउन पनि सुझाब दिएकी छिन् । साथै उनले  भ्रष्टाचारलाई जेलको कालकोठरी मा सडाउने आट गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?