प्राधिकरणले भन्यो, ‘लोडसेडिङ अहिले पनि भएको छैन, भविष्यमा पनि हुँदैन’

लोकपथ
0
Shares

काठमाडौँ– अघोषित लोडसेडिङ शुरु भएको भन्दै आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नभएको जनाएको छ। प्राधिकरणले विज्ञप्ति निकालेर विद्युतको मागलाई थेग्ने गरी आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था नरहेको र भविष्यमा पनि नहुने जनाएको हो ।

कहिलेकाँही राष्ट्रिय विद्युत प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समयलाई प्रसारण र आपूर्ति प्रणालीमा अवरोध उत्पन्न भएपनि त्यो लोडसेडिङ नभएको प्राधिकरणको दाबी छ । नेपालको विद्युत प्रणालीमा आन्तरिक उत्पादन र भारतबाट आयात समेत गरी मागअनुसारको आपूर्ति भइरहेको प्राधिकरणको दाबी छ ।

विभिन्न कारणले विद्युतका पोलहरु सार्ने, ट्रान्सफर्मर फेरबदल गर्ने, पूराना संरचना मर्मतसम्भार गर्ने लगायतका काम गर्दा सम्बन्धित स्थानको विद्युत आपूर्ति केही समय काट्नुपर्ने बाध्यता हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?