काठमाडों । भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भेटघाट गरेका छन् । मन्त्री त्रिपाठीसँग क्वात्राले मन्त्रालयमै पुगेर भेटघाट गरेका हुन् ।
सो अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
भेटमा दुबैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको मन्त्रि त्रिपाठीको नीजि सचिवालयले जनाएको छ । साथै वर्तमान कोभिड–१९ विरुद्ध नेपाल र भारत मिलेर अगाडी बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया