गोरु-गाडासहित अवैध काठ बरामद

RSS
0
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ ।

गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान (१३ दशमलव ७४ क्युविक फुट) सालको काठ बरामद गरेको छ । भीमदत्त नगरपालिका–१८ का ३७ वर्षीय रमेश चौधरी, सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज (बिहीवार) डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट म १ ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज (बिहीवार) पक्राउ गरेको थियो । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन गोलिया ९७ दशमलव ३( क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?