राष्ट्रिय सभा सदस्यहरुको पीसीआर परीक्षण

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रवार (भोलि)बाट शुरु हुने भएपछि आज (बिहीवार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पीसीआरको रिपोर्ट शुक्रवार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् । सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?