सिद्धार्थ बैंकको रिभर्स फ्याक्टरिङ्ग सेवा सञ्चालनमा, के छ सुविधा ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरुलाई लक्षित गरि रिभर्स प्mयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल बिक्रि वितरकलाई उपलब्ध गराउने छ ।

यसबाट खरिदकर्ता ग्राहकले बिक्रि वितरकबाट विशेष सहूलियत र छुटमा वस्तु खरिद गर्न सहयोग पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ ।

यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित “क्विकभुक्तानी” नामक प्लाटफर्मबाट कार्यान्वयन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?