दुग्ध पाउडर कारखाना स्थापना गरिँदै, सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने विश्वास

RSS
0
Shares

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएको समयमा दूध सङ्कल गरेर धुलो बनाउने र कम उत्पादन भएको बखत वितरण गर्ने उद्देश्यले दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज (बिहिवार) शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए । उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?