काठमाडौं । नगरप्रमुखको बुवाको निधनमा झापाको कनकाई नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
कनकाईका नगरप्रमुख राजैन्द्रप्रसाद पोखरेलका पिता गणेशप्रसाद पोखरेलको बुधवार ८७ वर्षको उमेरमा निधन भएको हो ।
बिहीवार प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा बिहीवार(आज) सार्वजनिक बिदा दिन निर्देशन दिएका छन् ।
“मिति २०७७ साल पुस १६ गते बिहीवार कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत शोक (सार्वजनिक) बिदा दिईएको व्यहोरा निर्देशन अनुसार सबैमा जानकारी गराइन्छ । “ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति पढ्न तल क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया