इल्चेसँग रियल मड्रिडको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेल खेलेको छ । बुधवार राति रियल मड्रिडले इल्चेसँग १–१ गोलको बराबरी खेलेको हो ।

लुका मोड्रिचले २० औं मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाएका थिए । ईल्चेका चाभास डी ला टोरीले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

दोस्रो स्थानको रियल शीर्ष स्थानको एट्लेटिको भन्दा दुई अंकले पछि परेको छ ।

रियल ३३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?