‘मिस युनिभर्स नेपाल – २०२०’ को ताज अन्सिका शर्मालाई

काठमाडौं । ‘मिस युनिभर्स नेपाल – २०२०’ को उपाधी अष्ट्रेलिया निवासी अन्सिका शर्माले जितेकी छिन् । बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्।
उपधीसँगै उनले १० लाख नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

प्रतियोगिताको फर्स्ट रनर्सअप अमेरिका निवासी सुजिता बस्नेत, सेकेन्ड रनर्सअप मस्को निवासी निनाकान्ता मण्डल र थर्ड रनर्सअप काठमाडौं निवासी दिक्ता थापा बनेकी छिन् ।

प्रतियोगितामा पाँच सय आवेदन परेको आयोजकले जनाएको छ । विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्‍याम्पमा उतारिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?