न्युक्यासल र लिभरपुल गोलरहित बराबरीमा

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र न्युक्यासलबीचको खेल बराबरीमा रोकीएको छ । लिग तालिकाको लिडर लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै न्युक्यासलले गोलरहित बराबरीमा खेल टुंग्याएको हो।

पहिलो हाफसम्मै मोहम्मद सलाहले पाएको दुई वटा राम्रो अवसर सदुपयोग गर्न नसक्दा लिभरपुलले अग्रता बनाउनबाट चुकेको थियो। लिभरपुलले पछिल्लो दुई खेलमा बराबरी खेलेसँगै फराकिलो अंकको अग्रता बनाउनबाट चुकेको छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १६ खेलबाट ३३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक छ।

बुधबार राति नै हुने भनिएको टोटेनहम र फुलहामबीचको खेल भने कोरोना भाइरसको कारण स्थगित भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?