आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । अहिले देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल र पश्चिमी तराईमा हुस्सु लागेको छ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज राती प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने महाशाखाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?