काठमाडौं– बुधवार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरले ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । बा ४ ख २५७७ नम्बरको टिपरको ठक्करबाट २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमालको ज्यान गएको हो ।
उनीहरू दुवै जना बाटो काट्दै टिपरले ठक्कर दिएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको हो । टिपर र चालक रामचन्द्र थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया