काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधवार) फोन संवाद भएको छ ।
प्रधानमन्त्री ओलीले आज फोनमार्फत् प्रचण्डपत्नी सीता दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। पुस ५ गते बिहान संसद विघटनअघि पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग फोन गरी बालुवाटारमै गएर भेटेपछि नेकपाका दुई शीर्ष नेताहरुबीच पहिलोपटक फोनमा कुराकानी भएको हो।
यससँगै प्रधानमन्त्री ओलीले प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्नका लागि विष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पताल पठाएका छन् ।
प्रचण्डकी पत्नी सीता दाहाललाई आज दिउँसो मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया