झलनाथलाई प्रधानमन्त्रीको जवाफ- ‘धरहरा इन्जिनियरले होइन डकर्मीले बनाइरहेको छ’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा बनिरहेको धरहरा इन्जिनियरको नाप नक्सामा डकर्मीले बनाइरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले हिजो (मंगलवार) भेलालाई सम्वोधन गर्दै धरहरा इन्जिनियर बनाएको र रानीपोखरी कालिगढले बनाएको बताएपछि आज  बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

नेता खनालले तीन वर्षको अवधिमा प्रधानमन्त्री ओलीले गफैगफ मात्रै गरेको भन्दै टिप्पणी गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आज आफूले गरेको कामको फेहरिस्त सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको बताएका छन् । सडक पूर्वाधारमा धेरै विकास गरेको र आगामी दिनमा पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण रेलमार्ग बन्ने बताए । कोभिड–१९ को संक्रमण दर तथा मृत्युदरमा कमी गराएको तथा भूकम्पपछिको पुर्ननिर्माणको काममा सफलता पाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?