१२ जेष्ठ २०७९, बिहीवार

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन

२०७४,आश्विन,१६,सोमवार ०४:१७

0
Shares

गोरखा, १६ असोज ।गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो । करिब रु ५० लाख लगानीमा अस्पतालले एक्स–रे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ । गोरखा अस्पताल १५ श्ययाबाट ५० श्ययामा विस्तार भए पनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो गर्छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्स–रे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युत्का लागि ट्रान्सफर्मर खरिद गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२
विप्लव समूहको बैठक उदयपुरमा
 २०७९,जेष्ठ,१२,बिहीवार २०:०५
हेटौंडामा लागुऔषधसहित तीन जना पक्राउ
 २०७९,जेष्ठ,१२,बिहीवार १९:२२