मन्त्रिपरिषदको बैठक जारी

काठमाडौँ– मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको हो ।
प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयमा नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद हेरफेर गरेका थिए।
मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।