सूचनाको आधारमा मोटरसाइकल जाँच, खैरो हेरोईनसहित २ जना पक्राउ

झापा । मेची नगरपालिका-८ मेची क्राउन होटल पछाडी सडकबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को।३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?