कोरोनाबाट बच्न हरेक बिहान पिउँथे ५ लिटर पानी, आइसीयूमा भए भर्ना

काठमाडौं । पानी कोहि पनि जीवित प्राणीको लागि कति आवश्यक छ भन्ने कुरा बताउन आवश्यक छैन । तर जे कुरा पनि धेरै भएपछि क्षति हुने निश्चित छ । हालै मात्र इंग्ल्याण्डमा एउटा यस्तै घटना भएको छ ।

जसको धेरै पानी पिएका कारण अवस्था गम्भीर रहेको छ । ३४ वर्षका सिभिल सर्भेन्ट ल्यूक विलियमसन इंग्ल्याण्डको ब्रिस्टिल शहरमा आफ्नो परिवारसँग बस्थे ।

बेलायतमा लागेको पहिलो लकडाउनको बेला उनी आफू कोरोना संक्रमित भइसकेको छु जस्तो लाग्ने गरेको बताउँथे ।

उनलाई पानीको मात्रा डबल गरेमा आफूलाई कोरोनाको केहि गर्न नसक्ने उनलाई लाग्यो । त्यसपछि उनले पानीको मात्र डबल गरे । उनले एक दिनमा ५ लिटर भन्दा धेरै पानी पिउन थाले ।

जसका कारण उनको शरीरमा सेडियमको मात्रा खतरनाक तरिकाले कम भयो । त्यसपछि उनी एकदिन धर्मराउँदै लडे ।

त्यसपछि उनी अहिले अस्पतालको आइसीयूमा भर्ना भएका छन् । उनकी श्रीमतीले यस बारेमा जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?