बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेल आउट !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरेको छ ।

आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको प्रचण्ड नेपाल समूहको बैठकले शाक्यलाई बागमती प्रदेशको संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल संसदीय दलको नेता रहेका थिए । उनलाई हटाउँदै शाक्यलाई बागमतीको संसदीय दलको नेतामा चयन गरेको हो ।

गत शुक्रवार प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उक्त समूहले मुख्यमन्त्री उम्मेद्वारको रुपमा शाक्यलाई प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?