अक्सफोर्डको कोरोना भ्याक्सिनलाई बेलायतमा प्रयोगको अनुमति

काठमाडौं । बेलायतमा अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाको तर्फबाट डेभलप गरिएको कोरोना भ्याक्सिन कोभीशील्डलाई आपत्कालिन अप्रुभल दिइएको छ ।

अर्को हप्ताबाट यो भ्याक्सिन पनि सरकारको भ्याक्सिनेशन प्रोग्राममा सामेल हुनेछ ।

बेलायतमा अहिले फाइजर बायोएनटेकको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको थियो ।

सरकारी डेटाका अनुसार करिव ६ लाख मानिसले भ्याक्सिनेशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?