वर्ष २०२० मा बलिउडले गुमाएका यी १३ हस्ती : कसैले गरे आत्महत्या त कसैको कालगतिले भयो निधन

appharu
0
Shares

अनुपम भट्टराई/काठमाडौं । वर्ष २०२० विश्वका लागि नराम्रो साबित भयो । शुरुवातदेखि नै कोरोनाले लथालिङ्ग बनाएको विश्वलाई अन्तिमसम्म पनि रुहाएरै छोड्यो । यसबीचमा कोरोनाले कतिलाई आमाबुबाबाट बिछोड बनायो भने, कतिको छोराछोरीबाट नाता टुटायो ।

कतिका सपना तुहायो त कतिलाई अशक्त बनायो । समग्रमा भन्नुपर्दा २०२० सारा विश्वबासीका लागि अशुभ साबित भयो । सिने क्षेत्रमा पनि कोरोनाले तहल्का नै पिट्यो ।

भइरहेका शूटिङ रोकिए, लगभग ९ महिना जसो फिल्म शूटिङ हुन सकेन । अहिले भने सिनेमा घरहरु बल्लतल्ल खुल्न थालेका छन् । तर अझै पनि कोरोनाको डरले मानिसहरु फिल्म हलसम्म निडर बनेर पुग्न सकेका छैनन् । अन्य वर्ष खर्बौंको कमाइ गर्ने बलिउडमा यस वर्ष कमाइको सन्नाटा छायो ।

यतिसम्मकी कोरोनाको कारण पहिल्यै रिलीज डेट तोकिएका फिल्महरुसमेत सिनेमा हलमा रिलीज हुन सकेनन् । अहिले पनि बेलायतमा नयाँ प्रकार (स्ट्रेन) को कोरोना संक्रमण भेटिएपछि त केहि देशहरुले पुनः लकडाउन घोषणा गरेको अवस्था छ ।

आजबाट वर्ष २०२० सकिँदै छ भने मानिसहरु वर्ष २०२१ को स्वागतका लागि तयार भएका छन् । तर आज हामी तपाईलाई बलिउडमा सिने क्षेत्रले २०२० मा गुमाएका चर्चित कलाकारहरुको बारेमा जानकारी दिनेछौँ ।

बलिउडमा यस वर्ष ज्यान गुमाएका कलाकारहरुमा केहिले आत्महत्या गरेका छन् भने केहिको कालगतिले निधन भएको छ । जसमा अभिनेता ऋषि कपूरदेखि सुशान्त सिंह राजपूत र इरफान खानसहितको नाम छ । यी कलाकारहरुको मृत्युले वर्ष २०२० भरि नै चर्चा पायो ।

यी हुन् बलिउडले वर्ष २०२० मा गुमाएका चर्चित १३ हस्ती

१३. आसिफ बसरा

Asif Basra Death, Sushant Singh Rajput's co-star in Kai Po Che, found dead in Dharamshala | Celebrities News – India TV

आसिफ बसराको शव गत नोभेम्बर १२ मा धर्मशालामा संदिग्ध रुपमा पाइएको थियो । निजी कम्प्लेक्समा मृतावस्थामा भेटिएका उनको हालसम्म कसरी मृत्यु भएको भन्ने बारेमा केहि पत्ता लागेको छैन ।

१२. निशिकान्त कामत

Nishikant Kamat: Riteish Deshmukh quashes Nishikant Kamat death rumours, says director alive, on ventilator - The Economic Times

निर्देशक निशिकान्त कामतको पनि यसै वर्षको १७ अगस्टमा भएको थियो । मुम्बई जेरी म्यानका निर्देशक उनको ५० वर्षमा निधन भएको हो । अभिनेता तथा निर्देशक कामत कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

११. जगदीप

Jagdeep - Wikipedia

बलिउड सिने क्षेत्रमा स्थापित नाम हो जगदीप । कमेडियन सैयद इस्तियाक जाफरी अथाएत जगदीपको ८ जुलाईमा निधन भयो । उनको मुम्बईमा ८१ वर्षको उमेरमा निधन भएको थियो । उनले बाल कलाकारबाट आफ्नो करियर शुरु गरेका थिए ।

१०. निम्मी

Birthday special: How Nawab Banu became Nimmi

निम्मीको नामले चिनिने बलिउडका नवाब बानोको पनि यसै वर्ष निधन भयो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । १९५० देखि १९६० सम्म उनले दिएका हिट फिल्महरुको चर्चा अहिले पनि सिने जगतमा हुने गर्दछन् ।

९. एसपी बालासुब्रमण्यम

Music maestro Ilaiyaraja sends legal notice to SP Balasubramanian - News Nation English

२५ सेप्टेम्बरमा कोरोना भाइरसका कारण एसपी बाला सुब्रमण्यमको निधन भएको थियो । कोरोना संक्रमित भएर चेन्नईस्थित के एमजीएम अस्पतालमा भर्ना भएका उनको कोरानाका कारण निधन भएको थियो ।

उनले फिल्मी करियरमा सलमान खानका कयौँ फिल्ममा गीत गाएका थिए । उनले आफ्नो करियरमा १६वटा भाषामा ४० हजार भन्दा धेरै गीत गाएका थिए । उनले १९८१ मा एक दूजेके लिए को लागि पहिलो पटक हिन्दी गीत गाएका थिए ।

८. सरोज खान

Saroj Khan, choreographer behind hundreds of Bollywood hits, dies aged 71 - CNN Style

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्थटका कारण निधन भएको थियो । उनको यसै वर्षको ३ जुलाईमा उपचारकै क्रममा निधन भएको हो । ७१ वर्षीया उनी बलिउडमा चर्चित कोरियोग्राफरको रुपमा परिचित थिइन् ।

७. वाजिद खान

Wajid Khan of Bollywood composer duo Sajid-Wajid dies due to COVID-19 | People News | Zee News

४३ वर्षको उमेरमा बलिउडका चर्चित म्यूजिक कम्पोजर वाजिद खानले संसार त्यागे । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारकै क्रममा निधन भएको हो ।

६. पण्डित जसराज

How Legendary Vocalist Pandit Jasraj Lured Gods to Earth & Shaped Hindustani Classical Music

भारतका चर्चित गायक पण्डित जसराजको पनि यसै वर्ष निधन भयो । २८ जनवरी १९३० मा हरियाणामा जन्मिएका उनको ८० वर्षको उमेरमा निधन भएको हो । उनको मृत्यु भने अमेरिकाको न्यू जर्सीमा भएको थियो ।

५. बेजान दारुवाला

Bejan Daruwala's legacy includes a celebration of the irrational

ज्योतिषी बेजान दारुवालाले सञ्जय गान्धीको दुर्घटनामा मृत्यु भएको भविष्यवाणी गरेका थिए । ३ जून १९८० मा सञ्जय गान्धीको एक विमान दुर्घटनामा निधन भएको थियो ।  दारुवालाले २९ मे २०२० मा उनले आफ्नो प्राण त्यागेका थिए । उनको पनि कोरोनाका कारण निधन भएको थियो ।

४. राहत इन्दौरी

Your will never be forgotten': Netizens mourn loss of 'awami shayar' Rahat Indori

चर्चित शायर राहत इन्दौरीको पनि २०२० मै निधन भयो । १९ वर्षको उमेरमा शायरी लेख्न शुरु गरेका उनको पनि कोरोनाका कारण नै निधन भएको बताइन्छ । उनको कोरोना संक्रमणकै बेला हृदयघात भएपछि निधन भएको थियो ।

३. सुशान्त सिंह राजपूत

Chances of Sushant Singh Rajput's Murder Very, Very High, Claims Lawyer Vikas Singh

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको पनि २०२० मा नै निधन भयो । उनले बान्द्रास्थित आफ्नै घरमा १४ जूनमा झुण्डिएर आतमहत्या गरेका थिए । उनले २०१८ मा चन्द्रमामा जमीन किनेका थिए ।

उनीसँग एडभान्स टेलिस्कोप १४ एलएक्स०० समेत थियो । ३४ वर्षको उमेरमा कोठामा झुण्डिएर आत्महत्या गरेका सुशान्तले इन्जिनियरङ पढेका थिए ।उनका एमएस धोनी, पीके, केदारनाथ र छिछोरो जस्ता फिल्म चर्चामा छन् । उनको अन्तिम फिल्म दिल बेचारा उनको निधन पछि रिलीज भएको फिल्म हो ।

२. इरफान खान

Irrfan Khan: Bollywood actor Irrfan Khan was an excellent actor with simple tastes

बलिउड अभिनेता इरफान खानको पनि यसै वर्ष निधन भयो ।उनको २९ अप्रिलमा निधन भएको हो । उनको क्यान्सरका कारण उपचारकै क्रममा निधन भएको थियो । पछिल्लो समय उनले आफ्नो अन्तिम फिल्म अंग्रेजी मिडियममा काम गरेका थिए ।

१. ऋषि कपूर

Rare and unseen pictures of Rishi Kapoor

मेरा नाम जोकर बाट बलिउडमा आफ्नो करियर शुरु गरेका ऋषि कपूरको यसै वर्षको ३० अप्रिलमा निधन भयो । छातीमा समस्या आएर अस्पताल भर्ना भएका उनले अस्पतालबाटे संसार छोडे । २०१९ मात्रै उनी क्यान्सरको उपचार गरेर अमेरिकाबाट भारत फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?