भारतमा नयाँ स्ट्रेनका २० जना कोरोना संक्रमित फेला, बुधवार मात्रै १३ जनामा पुष्टि

काठमाडौं । भारतमा नयाँ प्रकार (स्ट्रेन) का २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायतमा भेटिएको नयाँ स्ट्रेनको कोरोना भाइरसका संक्रमित भारतमा हालसम्म २० जना रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छ्न ।

बुधवार मात्रै नयाँ स्ट्रेनको १३ जना कोरोना संक्रमित पाइएको बताइएको छ ।

उनीहरु कुन प्रदेशका रहेका छन् भन्ने कुरा खुलाइएको छैन । हिजो पाइएका ७ जना संक्रमित मध्ये ११ यूपी, तमिल्नाडू, आन्ध्रपदेश र तेल.गानाका रहेका छन् भने तीन जना संक्रमित कर्नाटकका रहेका छन् ।

बेलायतबाट २५ नोभेम्बरबाट २२ डिसेम्बरसम्म ३३ हजार जना भारत आएका छन् । जसमा ११४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?