संसद विघटनप्रति उपराष्ट्रपति पुनको असन्तुष्टि

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

संसद विघटनमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति उपराष्ट्रपति पुनले घुमाउरो शैलीमा असन्तुष्टी व्यक्त गरेका हुन् ।

उद्यौली पर्व र तमु ल्होसारको अवसरमा शुभकामना जारी गर्दै उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ । जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’ उनले भनेका छन् ।

त्यस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजीक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेकोप्रति उपराष्ट्रपति पुनले जोड दिएका छन् ।

उनले भने, ‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ ।’ उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?