पाकिस्तानमा नयाँ स्ट्रेनका तीन कोरोना संक्रमित फेला

काठमाडौं । बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) पाकिस्तानमा पनि पुगेको छ । पाकिस्तानमा तीन जनामा कोरोनाको नयाँ स्ट्रेन भएको बताइएको छ ।

पाकिस्तानमा कोरोनाको दोश्रो लहर धेरै घातक साबित भइरहेको छ ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका कारण १० हजार ४७ जनाको मृत्यु भएको छ भने ४ लाख ७७ हजार २४० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ५५ जनाको मृत्यु भएको छ भने २ हजार १५५ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?