अष्टलक्ष्मी शाक्यले डाकिन् वाग्मती प्रदेश संसदीय दलको बैठक

काठमाडौं । वाग्मती प्रदेशकी प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् ।

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी शाक्यले वाग्मती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन् ।

संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै उनले पेरिसडाँडाको पार्टी मुख्यालयमा बैठक बोलाएको बताइन् ।

यही पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गरिएपछि प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरेका थिए ।

त्यसैगरी आज दिउँसो नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दैछ । संसद विघटनपछि सरकारविरुद्ध आन्दोलन गरिरहेको उक्त समूहले थप रणनीति तय गर्न बुधवार (आज) दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?