किराँती समुदायले आज ‘चासोक तङ्नाम’ पर्व मनाउदैं

RSS
0
Shares

काठमाडौं । नेपालका आदिवासी किराँत लिम्बू समुदायको आज (बुधवार) महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।

तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ (के) बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पङ्लुङ, लितोङजस्ता साँस्कृतिक खेल पनि खेलाइन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ ।

प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् । यसवर्ष ताप्लेजुङमा विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणका कारण भव्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किराँत याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यवाहक अध्यक्ष डिबी पालुङ्वाले बताए ।

नेपालभर किराँत लिम्बू समुदायले चासोक तङ्नाम मनाउँछन् भने राई र सुनुवार समुदायले यस चाडलाई साकेला (उधौली) भनि मनाउने गर्दछन् । चासोक तङ्नामसँगै तमू समुदायले ल्होसार ९नयाँ वर्ष० मनाउने गर्दछन् । आज (बुधवार) नै नेपालभर रहेका तमू समुदायले तमू ल्होसार मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?