५० वर्ष यताकै बेस्ट फास्ट बलर बने बुमराह

काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रीत बुमराहले बलिङको औसतको मामिलामा वेस्टइण्डिजका महान बलर्स म्याल्कम मार्शल, कर्टली एम्ब्रोस, जोएल गार्नर र अष्ट्रेलियाली ग्लेन म्याक्ग्रालाई समेत पछि छोडेका छन् ।

टेस्टमा पछिल्लो ५० वर्षमा ७५ भन्दा धेरै विकेट लिने तीव्र गतिका बलरको तुलनामा बुमराह यी सबैभन्दा अगाडि निस्किएका छन् । बुमराहले १६ टेस्टमा २०.६८ को औसतमा ७६विकेट लिएका छन् ।

वेस्टइण्डिजका तीव्र गतिका बलर मार्शलले ८१ टेस्टमा २०.९४ को औसतमा ३७६ विकेट लिएका छन् । जोएल गार्नरले ५८ टेस्टमा २०.९७ को औसतमा २५९ विकेट लिएका छन् । एम्ब्रोसले ९८ टेस्टमा २०.९९ को औसतमा ४०५ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?