विदेशी वस्तु तथा सेवाको भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।

यो सुविधा अनलाईन कारोबारमा उपलब्ध हुनेछ । यसका लागि राष्ट्र बैंकले सम्बन्धित सरोकारवालाहरुसँग राय माग गरेको छ ।

राष्ट्र बैंकले सेवा आयात वापतको विदेशी मुद्राको भुक्तानी गर्न अधिकतम ५ सय अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रस्ताव गरेको छ । यस्तो प्रिपेड कार्ड लिने व्यक्ति, संस्था वा कम्पनीले बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि सम्बन्धित प्रयोगकर्ताले प्यान लिनु पर्ने छ । एक बर्षमा बढिमा ५ सय डलर मात्र यस्तो सुविधा पाइने छ । कार्डमा विदेशी मुद्रा जम्मा गर्दा सो रकममा विदेशबाट सेवा खरीद गर्दा लाग्ने अग्रिम कर बाणिज्य बैंकहरुले कट्टा गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?