राजनीति नगर्ने रजनीकान्तको घोषणा

दिल्ली । दक्षिण भारतीय सुपर स्टार रजनीकान्तले चुनावी राजनीति नगर्ने घोषणा गरेका छन् । केही समय अघि अब आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले अहिले भने चुनावी राजनीति नगर्ने घोषणा गरेका हुन् ।

यसअघि उनले जनावरीसम्ममा आफ्नो पार्टी शुरु गरी सक्रिय राजनीति गर्ने बताएका थिए । स्वास्थ अवस्थामा समस्या बढ्न थालेपछि आफू यस्तो निर्णयमा पुगेको उनले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

केही दिन अघि हैदरावादमा सुटिङ चलिरहेका बेला उनको स्वास्थ्यमा समस्या आएपछि तीन दिन अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?