काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
संसद विघटनपछि सरकारविरुद्ध आन्दोलन गरिरहेको उक्त समूहले थप रणनीति तय गर्न बुधवार (आज) दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बोलाएको हो ।
आजको बैठकमा उक्त समूहका उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुको उपस्थिती रहने स्रोतले जनाएको छ ।
त्यस्तै ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने बताइएको छ ।
गत बिहीवार बसेको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद विघटन गरेको विरुद्ध आन्दोलनको घोषणा गरेको थियो । पूर्व निर्धारित कार्यतालिका अनुसार मंगलवार दिउँसो काठमाडौं लगायत देशैभरी विरोध प्रदर्शन गरेको थियो । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया