बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय निर्वाचित भएका छन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रहेका उपाध्यक्ष संघको उपाध्याय निर्विरोध निर्वाचित भएका हुन् । संघको विधान अनुसार उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनेछ । उनी एकवर्षपछि स्वतः अध्यक्ष बन्दैछन् ।

त्यस्तै संघको कार्य समिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार निर्विरोध निर्वाचित भएका छन् । संघमा दुई सदस्यको पद रिक्त रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?