काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा बागमती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको एक टोली सहभागी हुने प्रदेश क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौं, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् ।
पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र भक्तपुरबीच प्रतिष्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया