क्रोएसियामा ६.४ म्याग्निच्युडको भूकम्पः कम्तिमा सातजनाको मृत्यु

एजेन्सी । क्रोएसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको ज्यान गएको छ । क्रोएसियाको पेट्रिन्जामा केन्द्रविन्दु भएर गएको सो भूकम्पमा परी दर्जनौं व्यक्ति घाइते भएका अलजजिराले जनाएको छ ।

भूकम्पका कारण पेट्रिन्जा नगरको झण्डै आधा भाग ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् । भूकम्पको धक्का क्रोएसियाको राजधानी जाग्रेबसहित छिमेकी देश बोजनिया, सर्बिया तथा इटालीसम्म महसुस गरिएको जनाइएको छ । भूकम्पका कारण त्यहाँ बिजुली र सञ्चार सेवा अवरुद्ध भएको छ । भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको छ र सो क्रम जारी रहेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?