एलआईसीले गर्यो जीवन बीमाको ६९ लाख दाबी भुक्तानी

RSS
0
Shares

दमौली । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जीवन बीमा दाबीवापतको रकम हस्तान्तरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित स्व. सुरज लालचनको परिवारलाई कम्पनीले मङ्गलबार रकम भुक्तानी गरेको हो ।

मृतक लालचनले पाँच वर्ष अगाडि ५० लाखको जीवन बीमा गरेका थिए । कम्पनीले बोनससहित ६९ लाख पाँच हजार रकम दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर गोविन्द खड्का र नमराज क्षेत्रीले संयुक्तरुपमा स्व. लालचनकी धर्मपत्नी पम्फा राम्जाली लालचनलाई हस्तान्तरण गरेका हुन् । सुरजको गत असोज १३ गते हृदयघातबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?