चिनियाँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको जिल्लामा बृहत प्रदर्शन

काठमाडौँ– चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बृहत प्रदर्शन गरिएको छ।

चीनको महात्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोजना अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध प्रदर्शन भएको हो । मंगलबार ओलीविरुद्ध भइरहेको देशभर प्रदर्शनसँगै प्रधानमन्त्री ओलीकै गृह जिल्लामा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो ।

चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको यस परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि उक्त कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो । राजनीतिकरुपमा पनि निकै महत्वाकांक्षी मानिएको यस परियोजनामा प्रधानमन्त्री ओलीले आफै छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्चद्वारा उक्त विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा जनजाति, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायका ५ हजार भन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?