९ महिनापछि सवारी लाइसेन्स खुल्ला, यातायातको ‘सर्भर’ डाउन !

लोकपथ
0
Shares

काठमाडौं – विगत नौ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा प्रक्रिया खुलेसँगै यातायात व्यवस्था विभागको सर्वर नै डाउन भएको छ ।

आज (मंगलवार) परीक्षाका लागि अनलाइनबाट फारम भर्न शुरु गरिएसँगै हजारौँ मान्छेले एकैचोटी आवेदन दिन थालेपछि यातायातको सर्भर डाउन भएको हो ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?