२१ जेष्ठ २०८०, आईतवार

भारतीयसँगको झडप काण्डका चर्चित देवनारायण पक्राउ

२०७४,आश्विन,१६,सोमवार ०३:३६

0
Shares

काठमाडौं, १६ असोज—सप्तरीका चर्चित देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका उनलाई पनि पक्राउ गरिएको बताइएको छ । भागी विवाह गरी अजयले भारतीय चेली नेपाल ल्याएको र सोहि प्रकरणमा बाबुछोरालाई पक्राउ गरिएको बताइएको छ । बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरिएको बताइएको छ । सप्तरीका एसपी मुकेश सिंहले भने बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिए । सप्तरीको तिलाठास्थित दशगजा क्षेत्रमा भारतीयले दादागिरी शैलीमा बाँध बनाउन लागेपछि गत वर्ष उनको नेतृत्वमा सीमा रक्षार्थ जुट्दा यादव घाइते भएका थिए । त्यतिबेला उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने उनले सीमा रक्षार्थ मर्न पनि तयार रहेको बताएपछि राष्ट्रवादी नेपाली भन्दै उनको निकै प्रशंशा समेत भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०३:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१