रानीपोखरी र धरहरा ओलीले होइन कालिगढले बनाए – झलनाथ खनाल (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानप्रति विश्वासघात गरेको बताएका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै बरिष्ठ नेता खनालले नयाँ संविधान बनाउँदा संसद विघटन हुने विषयमा प्रधानमन्त्रीको विशेषाधिकार राख्नुहुँदैन भनेर हटाएको र स्वयं केपी शर्मा ओलीको उपस्थिति रहेको भएपनि ओलीले आफैले बनाएको संविधानमा विश्वासघात गरेको बताएका हुन् । देश अस्थिरतातर्फ जान लागेको भन्दै बरिष्ठ नेता खनालले संसद पुर्नस्थापना अनिवार्य शर्त रहेको बताए ।

गत निर्वाचनमा केपी ओलीलाई नभई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को  भिजनलाई हेरेर जनमत आएको भएपनि ओलीले बालुवाटार पुगेको दिनदेखि पार्टीलाई बिर्सिएको आरोप लगाए । पार्टीको नीति अनुरुप सरकारलाई समाजवादी बाटोमा हिडाउनुको सट्टा पूँजीवादी नीति, कार्यक्रम र बजेट ल्याएको तथा तीन वर्ष केवल गफ हाँकेर बिताएको बताए ।

बिगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकताप्रक्रिया प्रधानमन्त्री ओलीको कारण पुरा नभएको भन्दै बरिष्ठ नेता खनालले अब पार्टीको एकता टुंग्याएर नयाँ जनआन्दोलनको आधिँहुरी ल्याउने बताए ।

प्रस्तुत छ, नेता खनालको सम्बोधन समेटिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?