१०० दिनमा ३ लाख ७५ हजार बढी यात्रुलाई हवाईसेवा दियो बुद्ध एयरले

लोकपथ
0
Shares

काठमाडौं – ‘कोभिड – १९’ का कारण लामो समयसम्म बन्द रहेको हवाई उडान सुचारु भएको १०० दिनमा बुद्धले ३ लाख ७५ हजार बढी यात्रुलाई हवाईसेवा दिएको छ ।

सुरक्षित तथा संक्रमणरहित उडानका लागि बुद्ध एयर शुरुवाती दिनदेखि नै कोभिडविरुद्ध सुरक्षा निर्देशिका तयार पारी तालिम तथा महिनौँसम्म पूर्वअभ्यास गरी यात्रुको सेवामा खटिएकाले यो सेवा गर्न पाइएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए ।

‘हरेक उडानमा यात्रु संख्या थपिँदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै हुनुपर्छ ।’

हरेक उडान अगाडि जहाजलाई अन्तर्राष्ट्रिय संस्थाले सुझाएको विधि तथा केकिमल प्रयोगले सरसफाई, कर्मचारीलाई आवश्यक तालिम, पीपीई तथा अन्य सुरक्षाका उपायबारे ज्ञान लिएर हरेक यात्रुलाई मास्क तथा जहाजमा फेसशिल्डको अनिवार्य प्रयोगले बुद्ध एयरका हरेक उडान संक्रमणरहित भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर ३७०० बढी यात्रु गरि बुद्ध एयरले विगत १०० दिन (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको हो ।

बुद्ध एयरसँग दुई बीचक्राफ्ट, ३ एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज रहेको छ । यसले आन्तरिक १५ गन्तव्यमा दिनहुँ उडान भर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?