भगवान शिवको उपासना गर्दा नचढाउनू यी कुरा, मन्दिरमा के नगर्ने ?

लोकपथ
26
Shares

काठमाडौं – भगवान शिवको पूजा आराधना गर्दा केहि कुरामा पक्कैपनि ध्यान पुर्‍याउनुपर्छ । ति कुराहरु मूलत भगवान् लाई चढाउने चिजहरु नै हुन् । १. तुलसीको पात नचढाउनू : 
भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित गरिएको छ ।

२. तिल :
सेतो होस् वा कालो तिल वा तिलबाट बनेका प्रसाद, लड्डु, तिलका दाना तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई चढाउन बर्जित छ । तिल भगवान विष्णुको मयल९मैलो०बाट उत्पन्न भएको मानिन्छ ।
यो चढाउँदा तपाईको पूजा पूर्ण हुन्न ।

३. बेसार : 

भगवान शिवको पूजाआराधनाका क्रममा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ । बेसार चढाएमा व्रतालुलाई परीपक्क निर्णय क्षमतामा कमजोरी उत्पन्न हुन्छ ।

४. धुपबत्ति र उज्यालो :

अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ । त्यसैले पूजा गर्दा जोर बत्ति मगमगाउँदा धुपबत्ति बालेर शिवलाई प्रसन्न पार्न सकिन्छ ।

५. नरीवल : 
सुन्दा छक्क पर्नुभयो होला । तर भगवान शिवलाई नरीवलको जल चढाउनु हुँदैन । बरु नरीवल चढाउन सकिन्छ । विधी नपुर्‍याई काम गरेमा धन हानी हुन्छ ।

६. अक्षता :  भगवान शिवलाई अक्षता अर्थात् रातो रङमा मुछिएको चामल चढाउनु हुँदैन ।

७. कनिका : टुक्रिएको चामल अर्थात् कनिका शिवलाई अर्पण गर्न बर्जित छ । यसो गर्दा तपाईलाई पूण्य प्राप्ती हुँदैन ।

८.  शंख  : भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेकोले यसलाई असुरको प्रतीक मानिन्छ।

९. कालो वस्त्र : कालो रंगको वस्त्र वा निलो रङको वस्त्र पहिरीएर शिव पूजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०.  प्रसाद : शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ । बरु बाहिर थालीमा बाँकी राखेर ग्रहण गर्न सकिन्छ । केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन ।

११. अभिषेक गर्दा दिनुपर्छ ध्यान : शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पूजाका क्रममा उत्तम मानिँदैन ।

१२. शिवलिंगमा पूजा : गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३.  बेलपत्र  : शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. सेतो रंगको मात्र फूल : शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्रिय रंग हो ।

१५.  मन्त्र  : शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नुपर्दैन । घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

१६ गलत कामबाट कमाएको पैसा : भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ । कसैलाई डर धाक धम्की, असामाजिक काम गरेको पैसाले तपाईलाई सराप्छ र सजाय दिनेछ ।

१७.  शवको स्पर्श गरेपछि वा मलामी गएर आएको व्यक्तिले स्नान नगरी पूजा गर्नु हुँदैन। त्यस्तै सम्भोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

१९. क्रोध : रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन । यतिमात्रै होईन तपाईले रिसाएर कसैको लागि नराम्रो विस गर्नुभयो भने भगवान् ले तपाईलाई थप सजाय दिनेछन् ।

२०.  दुध : भगवान शिवलाई उमालिएको दूध चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ । शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दूधबाट गर्नुपर्दछ । तर पूजाआजाका क्रममा दूध अनिवार्य चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?